१ नम्बर प्रदेश ‘किरात प्रदेश’ बनाउनुपर्छ : डा प्रकाश शरण महत


१० जेष्ठ २०७५, बिहीबार
prakash saran mahat

खोटाङ, ७ जेठ । नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले १ नम्बर प्रदेश किरात प्रदेश नामाकंरण गर्नु पर्ने बताएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा आयोजित कार्यक्रममा नेता महतले प्रदेश नं. १ किरात वेगर अपुरो रहने बताउँदै किरात प्रदेश नाम राख्नु पर्ने बताएको हो । prakash saran mahat

उनले किरात सभ्यता र संस्कृति नेपालको अभिन्न अंग रहेको बताए । उनले किराती इतिहास वेगर नेपालको इतिहास पनि अपुरो रहेको समेता बताए ।

उनले भने, ‘किरात विना एक नम्बर प्रदेशले पूर्णता पाउन सक्दैन । कांग्रेस पार्टी किरात सभ्यतालाई सम्मान गर्दै अघि बढ्नुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं ।’

किरातीहरुले प्रकृति र वनस्पतिको पुजा गर्ने भएकोले किरातीहरुको उक्त संस्कृति महान् संस्कृति भएको उनले बताए । ‘किरात संस्कृति र सभ्यताले प्रकृतिको सम्मान गर्दछ, किरातीहरुले वनस्पतिको पुजा गर्दछन्, जीवन निर्वाहको जति पनि चिज छन् त्यसलाई पूजा गर्दछन, यो भन्दा ठूलो के हुन सक्छ,’ उनले भने, ‘जसले हामीलाई अघि बढाउन आधार दिन्छ । जीव, जन्तु, वनस्पति, भूमि हावा पानी पुजा गर्ने संस्कृति छ, यो संस्कृतिलाई हामीले सम्मान गर्नुपर्छ ।’

उनले पूर्वी नेपाल मुख्य गरी किरात सभ्यताको उदगमस्थल समेत भएको बताए । ‘पूर्वी नेपाललाई हामीले भन्ने हो भने किरात सभ्यताको उदगम स्थल हो,’ उनले भने, ‘नेपालको सभ्यता किरातको सभ्यताविना पुरा हुन सक्दैन । किरात सभ्यता नेपालको सभ्यता, संस्कृतिको अभिन्न अंग हो ।’

उनले कुनै सभ्यतालाई समाप्त पारेर देश समृद्ध नहुने भएकाले किरात सभ्यता जोगाउनुपर्ने बताए । उनले प्रदेश १ लाई किरात प्रदेश नामाकरण हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७