सरकारले दसैंअघि नै निर्माण व्यवसायीकाे ६ अर्ब भुक्तानी दिने (पत्रसहित)


२ कार्तिक २०८०, बिहीबार
Aartha Mantralaya

काठमाडौं । सरकारले निर्माण व्यवसायीहरुलाई बाँकी रहेको रकम दशैंअघि भुक्तानी गर्ने भएको छ । अर्थ मन्त्रालयले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रकम दिने निर्णय गरेको छ ।

निर्माण व्यवसायीहरुको मात्रै उक्त रकम ६ अर्ब रुपैयाँ बाँकी छ ।अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानीका लागि दिएको पत्रमा देखिएको हो । अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पठाएको पत्रमा गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको रकम भुक्तानी दिने भनिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयअन्तर्गतका निर्माण कामको भुक्तानीका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । सडक तथा पुल निर्माण, रेल मार्ग तथा हवाई मैदान निर्माण, तटबन्ध तथा बाँध निर्माण, सिँचाइ संरचना निर्माण, सरसफाई संरचना निर्माण र अन्य सार्वजनिक निर्माणको दायित्व भुक्तानीका लागि अब महालेखा अन्तर्गतका कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिने छन् ।

1
2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७