काठमाडौंको नागढुङ्गामा भिरबाट कार खस्यो


३ कार्तिक २०८०, शुक्रबार
Car Accident at Nagdhunga

काठमाडौं । काठमाडौंको नागढुङ्गामा आज (शुक्रबार) बिहान कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार आज बिहानै नागढुङ्गा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।

सडकबाट कार खस्दा तीन जना घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार बैतडी घर भएका भवानसिंह रावल, उनकी पत्नी वसन्तकुमारी रावल र छोरा सिरिस रावल घाइते भएका छन् ।

उनीहरूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले निकालिएको छ । कार दुर्घटना हुँदा केही समय नागढुंगा सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७