नेपालले टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै


४ कार्तिक २०८०, शनिबार
Nepal Vs Hong Kong aasif sheikh and Kushal bhurtel 1024x683 1

काठमाडौँ । नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि–२० आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेल मुलपानी क्रिकेट मैदान अहिले हुन लागेको हो । नेपालले यसअघि खेलको दुई खेलमा जित दर्ता गराएको छ ।

नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले र दोस्रो खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल विजयी भए एक खेल अगावै फाइनलमा पुग्नेछ । आजको खेलमा कप्तान पौडेलसहित आसिफ शेख, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा र गुलशन झा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७