आफैले पालेको कुकुर कुट्दा एक नेपालीलाई ९ महिना जेल


१० जेष्ठ २०७५, बिहीबार
Dog

काठमाडौं १० जेठ । नेपालमा पशु सम्बन्धी त्यति धेरै कडा कानुन छैन । तर, विदेशमा भने पशु सम्बन्धी कडा नियम कानुन भएको सुनेका छौँ । पढेका छौँ । त्यस्तै क्यानडामा एक नेपाली नागरिक दीप विष्ट कुकुर कुट्दा जेल चलान भएका छन् ।

Dog
फाइल तस्बिर

विष्टले आफैले पालको कुकुरलाई दुब्र्यवहार गरेको भन्दै सोमबार पिटरवर्गको प्रान्तीय अदालतले ९ महिना जेल सजाय सुनाएका छन् । उनलाई जीवनभर घरपालुवा जनावर पाल्न प्रतिबन्ध समेत लगाइएको छ । विष्टले कुकुरलाई ३ पटकसम्म दुब्र्यवहार गरेको आरोपमा दोषी ठहरगरिएको छ ।

क्यानडामा जनावरलाई हानी र्पुयाएमा सबैभन्दा धेरै सजाय ६० हजार डलर र दुई वर्षको कैद सम्म हुन्छ । उनले कुकुरलाई गरेको त्यसअघिको तीन पटकको घटनामा भने प्रान्तीय अभियोजकको आग्रहमा फिर्ता लिएको थियो । तीन फरक मितिमा लिएको सिसी क्यामेरामा कैद भएको फुटेज हेर्दा विष्टले कुकुरलाई लात्तीले हाने, पञ्च हान्ने र हावामा फालिदिने गरेको दृश्य देखिएको थियो । त्यो भिडियो हेरेर न्यायाधीश पिटेर हिस्कक्सले यस्तो कार्य कायरता र घृणित भएको बताएका छन् ।

विष्टकी वकिल एन्जेला म्याकग्राथले पनि उक्त कार्य डरलाग्दो र भयानक भएको बताएकी छिन् । विष्टले कुकुरलाई गरेको व्यवहारप्रति पछुतो लागेको चिठ्ठी उनकी वकिलले पटेर सुनाएकी थिइन् । उनले चिठ्ठीमा कुकुरलाई राम्रो बनाउँन तालिम दिन खोजेको उल्लेख गरेको छ । साथै उनले अदालतलाई उदारता देखाउन समेत आग्रह गरेका थिए । तर, न्यायाधीशले माफी दिन मानेनन् र उनलाई तीनपटक ९० दिनको दरले गरी नौ महिना जेल सजाय सुनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७