दसैंमा देश छाड्नु पर्ने बाध्यता


५ कार्तिक २०८०, आईतवार
airport

काठमाडौं । नेपालीको घर आँगनमा महान चाड दसैं भित्रिसकेको छ । रोजगारी र पढाइको शिलशिलामा राजधानी काठमाडौंमा बस्दै आएकाहरु धेरै घर गाउँ फर्किसके, केहि अझै फर्किदै छन् । अहिले गाउँ फर्किनेहरुको गाडीको सडकमा लर्को छ । घटस्थापनादेखि नै मानिसहरू आ–आफ्नो गाउँ फर्किने क्रम सुरू हुन्छ ।

Screenshot 23 3

तर दसैं मनाउन देश फर्किनेसँगै दसैंमा देश नै छाडेर विदेशिनेहरूको संख्या पनि बाक्लो छ । दसैंको मुखमा रोजगारी, पढाइका लागि उनीहरू विदेशिन बाध्य छन् । निधारमा टीका, हातमा पासपोर्ट, टिकट र गहभरि आँशु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष छिर्ने सबैको उस्तै–उस्तै बध्यता छन् ।

airport

कसैलाई कम्पनीले यही समयमा रिटर्न टिकट पठाएको छ, कोही यही समयमा कलेज पुग्नुपर्ने त कसैलाई मेनपावरले यही समयमा जाने साइत जुराई दिएको छ । यस्ता अनेकन कारण र वाध्यताका कारण सानो सुटकेश बोकेर मानिसहरू विदेशिइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७