दसैंमा कर्मथलोबाट जन्मथलो फर्किनेका कारण सुनसान बन्यो उपत्यका

काठमाडौं उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान


६ कार्तिक २०८०, सोमबार
kathmandu sadak.00 00 00 00.Still001

काठमाडौं । सधैँजसो ट्राफिक जाम र मानिसको कोलाहल भइरहने काठमाडौं उपत्यकाका सडक अहिले खाली र सुनसान बनेका छन् । काठमाडौंलाई कर्मथलो बनाउँदै आएकाहरु बडा दशैं गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो । काठमाडौं उपत्यकाका सडकमा अहिले मानिसको आवातजावत पातलिँदै गएको छ ।

सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । धेरैजसो मजदुर र गाडीधनीहरु समेत गाडी थन्क्याएर घर परिवारलाई समय दिइरहेका छन् । त्यसैले सार्वजनिक यातायातका साधन पनि फाट्टफुट्ट मात्र चलेका छन् ।

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्र पनि आजदेखि सुनसान देखिन्छन् । यी नाकाहरुबाट दैनिक एक लाख मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमानित तथ्यांक छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान छ । दसदद्धैंमा हुनसक्ने सम्भावित दुर्घटना र आपराधिक घटना न्यूनीकरण गर्न भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा विशेष सुरक्षा योजना लागू गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७