दसैँको टीकाको दिन प्रहरीले यी रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्दै


६ कार्तिक २०८०, सोमबार
F9G7GbEWgAEbcpw scaled

काठमाडौं । नेपाल प्रहरीले दसैंको टीकाको दिन भोलि (मंगलबार) निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । अघिल्ला वर्षमा तीन दिनसम्म निःशुल्क बस सेवा संचालन गर्दै आएको प्रहरीले यस वर्ष भने टीकाको दिन बिहान साढे आठ बजेदेखि अपरान्ह चार बजेसम्म मात्रै सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

दसैंको टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले आम सर्वसाधरणको लागि दुईवटा बस संचालन गर्न लागेको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) कुबेर कडायतले जानकारी दिए । उनका अनुसार प्रहरीले दुई वटा रुटमा बस सेवा सञ्चालन गर्नेछ ।

रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक हुँदै जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रवक्ता कडायतले जानकारी दिए । उनका अनुसार रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ हुँदै बालुवाटारसम्म पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७