नेपाली कलाकार : कसले कहाँ र कसरी मनाउँदै छन् दसैं ?


७ कार्तिक २०८०, मंगलवार
kalakar

काठमाडौं । आज (मंगलबार) वडादसैंको मुख्य दिन विजयादशमी । सर्वसाधरणदेखि विशिष्ट व्यक्तिहरुलाई दशैं लागिसकेको छ । आज आफ्ना मान्यजनबाट विजयादशमीको टीका, जमरा र आशिर्वाद लिनका लागि तयारी भइरहेको छ ।

अन्य व्यक्तिहरुलाई जस्तै कलाकारहरुलाई पनि दसैंको माहौले छोएको छ । ‘सेलिब्रेटी’ हरुको पनि विभिन्न खालका दसैं योजना छन् । दसैंको मौकामा नेपालसहित विदेशमा साँगीतिक कार्यक्रम हुने गर्छन् । जसका कारण यो बेला धेरै कलाकारहरुलाई भ्याईनभ्याई हुन्छ ।

यस वर्ष केही कलाकार विदेशका कार्यक्रमले व्यस्त हुँदा दसैं मनाउन पाइरहेका छैनन् । केही कलाकारले भने फूर्सद निकालेर परिवारसँग दसैं मनाउने योजनामा छन् । सेलिब्रेटीहरुको दसैं सर्वसाधरणको समेत चासोमा पर्ने गरेका छन् । हेर्नुस् को कलाकारले कहाँ र कसरी बनाउँदै छन् दसैं ?


गायक शिव परिवार
म धेरै स्टेज कार्यक्रममै व्यस्त भइरहेको हुन्छु । यसपटक दसैंमा स्वदेशमा हुने कार्यक्रममा नै व्यस्त हुनेछु । नवमीसम्म सर्लाहीदेखि बन्दीपुरसम्मका प्रोगाम तय भइसकेका छन् । दक्षिण अफ्रिकाबाट दसैं विशेष कार्यक्रमबाट निम्तो आएको थियो । तर, मैले घरमै दसैं मनाउने भनेर त्यो प्रोगाम क्यान्सिल गरें । म नहुँदा परिवारको दसैं नै खल्लो हुन्छ भनेर म विदेशको कार्यक्रममा गइनँ । सबै परिवार यतै काठमाडौंमै हुनुहुन्छ । यस पटकको दसैं पनि यतै मनाउने योजना छ ।

shiva pariyar

गायिका मेलिना राई

प्राय हरेक वर्ष दसैंमा कार्यक्रममा व्यस्त भइन्छ । यो वर्ष पनि न्यूजिल्याण्डमा दसैं विशेष कार्यक्रममा जाने तय भइसकेको छ । कात्तिक ३ गतेदेखि ६ गतेसम्म त्यतैको कार्यक्रममा व्यस्त हुनेछु । फेरि दसैंको भोलिपल्ट दार्जिलिङ र आसामको कार्यक्रममा पनि प्रस्तुति छ । गत वर्ष पनि कार्यक्रमले नै गर्दा नेपालमा दसैं तिहार मनाउन पाएइएन । यो वर्ष पनि यस्तै भयो । दसैं नभए पनि तिहार घरमै मनाउने योजना छ ।

Melina rai singer

अभिनेता विपीन कार्की

म सामान्य तरिकाले नै दसैं मनाउँछु । दसैंमा ठूलाबडाको हातबाट टीका लगाउने र पारिवारिक जमघट गरिन्छ । यस पटक पनि विराटनगरमै दसैं मनाउने योजना छ । बुवाआमा विराटनगरमा भएकाले दसैं त्यतै रमाइलो लाग्छ । उमेर बढेसँगै पहिले जस्तो नयाँ लुगा लगाउने भन्ने हुँदैन । दसैं मनाउनु भनेको आफ्नो पुरानो संस्कृतिलाई जोगाउनु हो । पहिले चाहिँ म समयमै घर जान्थे । तर, यो पटक फूलपातीको दिनबाट मेरो फिल्म ‘भष्मे डन’ पनि रिलिज भएको छ । दर्शक प्रतिक्रिया सुन्न समय छुट्याएकाले अलि ढिलो भयो । दसैं लगत्तै महाजात्राको सुटिङ पनि सुरु हुन्छ । त्यसकारण यो दसैंमा मेरो ‘रस’ हुनेवाला छ ।
कलाकार दीपाश्री निरौला

bipin karki

अरु वर्ष दसैंको बेलामा जहिले पनि फिल्म रिलिज गरिन्थ्यो । तर, यसपालि फिल्मको साटो हल खोलिएको छ । आफ्नो हलमा दसैंको बेलामा राम्रा फिल्म रिलिज हुँदा खुसी लागिरहेको छ । झण्डै २० वर्षअघि एक पटक दसैंमा घर गएको थिइन । त्यतिखेर भर्खर स्ट्रगल गरिरहेकी थिएँ, पैसा नहुँदा घर जानै मन लागेन । तर, दसैंको दिन घरको मायाले निकै रोएकी थिए । त्यो बेलादेखि हरेक वर्ष विराटनगरमै दसैं मनाउने गरेकी छु । मेरो परिवार सबै उतै बस्नुहुन्छ । विराटनगरमा दसैं निकै रमाइलो लाग्छ । बाल्यकालदेखिका साथीहरुसँग लास्टै रमाइलो गर्छौं । योपटक साथीहरुसँग नेपाली फिल्म हेर्ने सोच छ । पहिल्यैदेखि दसैं भनेपछि नयाँ लुगा लगाउनुपर्छ भन्ने लाग्छ । त्यसैले अहिले पनि आफूसहित परिवारलाई नयाँ लुगाहरु किन्न मन पर्छ । कपडासहित दक्षिणामा मेरो एक लाख जति खर्च आउँछ ।

गायिका राधिका हमाल

यो वर्षको दसैं जन्मघर रोल्पामा मनाउने योजना छ । दसैंमा कहिले विदेश त कहिले काठमाडौं बाहिर कार्यक्रमको व्यस्त हुँदा रोल्पामा दसैं नमनाएको २१ वर्ष भइसकेको थियो । योपटक भने विदेशका कार्यक्रम नै स्थगित गरेर दसैं मान्न घर जाँदैछु ।
स्वदेशका चाहिँ भ्याउने जति कार्यक्रम प्रस्तुति दिने तय भइसकेको छ । दिदीबहिनी चाहिँ चाँडै गए पनि म ४ गतेमात्रै रोल्पा जान्छु । यो दसैंमा घरमै खसी काटेर खाने दिदीबहिनी रमाइलो गर्ने हो ।

radhika hamal2019 07 24 08 43 38

अभिनेत्री प्रियंका कार्की

सानो छँदा दसैं भन्दा नयाँ लुगा किन्ने भन्ने हुन्थ्यो । तर, अहिले पहिले जस्तो दसैंको बेला नयाँ लुगा नै लगाउनुपर्छ भन्ने हुँदैन । त्यसैले दसैंकै लागि भनेर त्यस्तो खासै सपिङ गरेकी छैन । यो वर्ष परिवारसँगै ललितपुरमै दसैं मनाउने योजना छ ।

अभिनेता दीपकराज गिरी

दसैंको त्यस्तो खासै प्लान छैन । म प्रायजस्तो दसैंको बेला सुटिङ र कार्यक्रममा जान्न । किनभने वर्षभरि कहाँ कहाँ पुगिन्छ, चाडपर्वको बेला घरमा बसेर परिवारसँग रमाइलो गरौं भन्ने हुन्छ । माछामासु खान छोडेको १४-१५ वर्ष भइसक्यो । त्यसैले सानो छँदाको जस्तो मासु खाने भन्ने हुँदैन । शाकाहारी भोजन नै खान्छु । परिवारका अरु सदस्यले भने मासु खानुहुन्छ । त्यसकारण मेरो दसैं सामान्य तरिकाले बित्छ । बच्चा छँदा लुगा किन्ने भन्ने हुन्थ्यो। तर, आजभोलि दसैंमा सपिङ गर्न मन हुँदैन । छोराछोरीहरु बाहिर नै भएकाले त्यस्तो घुमघामको योजना छैन । हुनत यो अहिले सबै नेपालीहरुको पीडा पनि हो । परिवार र आफन्तहरु हाम्रो घरमा टिका लगाउन आउनुहुन्छ । उहाँहरुलाई स्वागत गर्न दिनभरि घरमै बस्छु ।

Deepak Raj Giri

अभिनेत्री ऋचा शर्मा

अरु वर्ष जस्तै काठमाडौंमै परिवारसँगै दसैं मनाउने हो । दसैंमा सबैसँग भेटघाट हुँदा छुट्टै रमाइलो हुन्छ । अहिलेलाई दसैंको लागि भनेर पूजाको सामान किनिसकेकी छु । बाबुको लागि पनि सपिङ भइसकेको छ । दसैंमा धेरै खर्च गर्दिन । त्यही आफूभन्दा सानोलाई अलि अलि दक्षिणा दिने हो । सपिङ र दक्षिणा गरेर मेरो दसैंमा ५०-५५ हजार जति खर्च हुन्छ ।
अभिनेत्री स्वस्तिमा खड्का

reecha sharma2 m5X5suSo3k

फूलपातीबाट मेरो अभिनय रहेको फिल्म ‘भष्मे डन’ रिलिज भएको छ । यस पटक आफन्त बितेकाले मेरो दसैं मनाउन मिल्दैन । त्यसैले पनि मैले खासै योजना बनाएको छैन । दसैंको बेला पनि दर्शक प्रतिक्रियाको लागि हल जानुपर्छ ।


गायिका समीक्षा अधिकारी
गायिका समीक्षा अधिकारी आफ्नो जन्मघर कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा रहेको घरमा फूलपातीकै दिन पुगिसकेकी छन् । उनी आफ्ना हजुरआमा बुवा, आमा दाइ लगायत आपन्तको हातबाट टीका लगाउने तयारीमा छन् । यद्यपि उनकी दिदी सर्मिला अधिकारी नेपाल बाहिर भएकाले अलिकति नरमाइलो भने महसुस गरिरहेकी छन् ।

Samiksha

नायिका सुरक्षा पन्त
नायिका सुरक्षा पन्त यस वर्षको दसैँमा एकदमै फरक ढङ्गले मनाइरहेकी छन् । मानव सुवेदीसँग यसै वर्ष विवाह बन्धनमा बाँधिएकी उनी श्रीमान्को परिवारसँग पहिलो पटक झापामा दसैँ मनाइरहेकी छन् । उनले सुनाइन्, ‘विवाहपछिको मेरो पहिलो दसैँलाई नयाँ परिवारसँग मनाउँदा विशेष भइरहेको छ । एक हप्तादेखि यतै छु । नयाँ परिवारमा दसैँ मनाउन पाइदाँ एकदमै नयाँ र रमाइलो महशुस गरिरहेकी छ ।’ सामान्यतया चलचित्र छायाँकनमा बेला झापातिर पुगे पनि यसरी झापाका भित्री गाउँ घुम्न नपाएकाले अहिले घुमघाम पनि गरिरहेको उनले सुनाइन् ।

surakshapantaas

उनले सुनाइन्, ‘दसैँको मौकामा घर आएर गाउँघरमा साथीभाइसँग रमाइरहेकी छु । टीकाको दिन हजुरआमा, बुवा, आमा र दाइ तथा आफन्तबाट टीका लगाउँछु । यस वर्ष दिदी घरमा नभएकाले अलिकति नरमाइलो महसुस गरिरहेकी छु ।’ दसैँमा घर पुगेका बेला उनी फुर्सद निकालेर टिकटकमा लाइभ बस्ने, मोवाइलबाट फोटो खिच्ने, भिडियो बनाउने काम गरेर पनि रमाइरहेकी छन् । उनले थप्दै भनिन्, ‘गाउँमा यसै पनि रमाइलो नै हुन्छ । गाउँको हरियाली बातावरण देखेपछि फोटो खिच्न, भिडियो बनाउन सारै मन पर्छ र त्यो पनि गरिरहेकी छु । बेला–बेलामा टिकटकमा लाइभ पनि बस्ने गरेकी छु ।’ एक सातापछि काठमाडौं फर्किएर डोल्पा, इटहरीलगायतका ठाउँमा आयोजित मेला महोत्सवमा सहभागी हुने उनको तालिका छ ।
अभिनेता तथा लेखक–खगेन्द्र लामिछाने
अभिनेता तथा लेखक खगेन्द्र लामिछाने यस वर्ष आफ्नो जन्म घरमा गएका छैनन् । जन्मघर स्याङ्जा भए पनि आफ्नो चलचित्र ‘पशुपति प्रसाद २ः भस्मे डन’ को प्रदर्शन सुरु भएका कारण काठमाडौँमै बसिरहेका छन् । यस वर्ष परिवारमा टीका नहुने भएकाले घर नगएको उनले जानकारी दिएका छन् ।

khagendra lamichhane


गायिका आस्था राउत
गायिका आस्था राउत अष्टमीदेखि नेपालको पूर्वी क्षेत्रमा सुरु हुने भएको साङ्गीतिक भ्रमणमा छन् । उनको नयाँ गीत ‘लै बरी लै’ घटस्थापनाको दिन सार्वजनिक भइसकेको छ । उनले भनिन, ‘दशमीका दिन फिदिममा दशमी मेला समितिले आयोजना गर्ने महोत्सवमा प्रस्तुति दिँदैछु ।’

Aastha Raut

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७