काठमाडौं उपत्यकामा आज सशस्त्र र नेपाल प्रहरीको निःशुल्क बस


७ कार्तिक २०८०, मंगलवार
APF bus

काठमाडौँ । नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार आज बिहान ८.३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउने छ भने अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सूर्यबिनायक हुँदै पुनः नक्साल आउने छ ।

यस्तै सशस्त्र प्रहरी बल नेपालले पनि उपत्यकामा सार्वजनिक यातायातका साधन कम चलेको अवस्थालाई मध्यनजर गर्दै तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । दुई वटा रुटमा महाअष्टमीदेखि विजयादशमी (टीका) को दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको हो । दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन भइरहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए ।

APF Notice1634016198 1024

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७