इन्डोनेसियाको पश्चिमी जाभामा सवारी दुर्घटना, चार किशोरको मृत्यु


८ कार्तिक २०८०, बुधबार
Untitled 1 CQz5L1YmwM

काठमाडौं । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मङ्गलबार बिहान बस ठोक्किँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः३० बजे पुनककको रिसोर्ट र पर्यटन क्षेत्रतर्फ जाने राजमार्गमा सो बस दुर्घटना भएको हो । सियानजुर ट्राफिक प्रहरी प्रमुख अधि प्रसाद्यले स्थानीय सञ्चारमाध्यमलाई बोगोर शहरबाट सियानजुर जाँदै गरेको सो बसमा २४ जना किशोरी सवार रहेको बताएका छन् । त्यसैगरी कम्तिमा १६ जना अहिले घाइते भएका छन् र तिनीहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७