यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै


१० कार्तिक २०८०, शुक्रबार
can

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय ट्वान्टी–२० श्रृङ्खलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि टस जितेर यूएईका कप्तान मुहम्मद वसिमले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

नेपालमै हुने ट्वान्टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजित श्रृङ्खलामा नेपाल र यूएईसँगै हङकङले सहभागिता जनाएको थियो । श्रृंखलामा नेपालले लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको यात्रा तय गरेको थियो । यूएईले भने चार खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । यूएई र हङकङको समान अंक भए पनि नेट रनरेटका आधारमा मुहम्मद वसिमको कप्तानीमा रहेको टिम फाइनल प्रवेश गरेको हो ।

जारी शृंखलामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । लिग चरणमा नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले, तेस्रो खेलमा पुनः हङकङलाई ७९ र चौथो खेलमा यूएईलाई पाँच विकेटले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७