मेस्सीले जिते आठौं पटक ‘बालोन डि ओर अवार्ड’


१४ कार्तिक २०८०, मंगलवार
award

काठमाडौँ । अर्जेन्टिनी तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले आठौं पटक ‘बालोन डि ओर अवार्ड’ जितेका छन् । सोमबार राति पेरिसमा भएको अवार्ड समारोहमा ३६ वर्षीय मेस्सीले बालोन डि ओर जितेका हुन् ।

मेस्सीले पछिल्लो पटक कतारमा भएको विश्वकपको उपाधि जितेका थिए । यसअघि मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा गरि सात पटक बालोन डि ओर जिती सकेका थिए । मेस्सीले म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी ओर अवार्ड जितेका हुन् ।

यो प्रतिस्पर्धामा फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पे तेस्रो भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–२ ले पराजित हुँदा एमबाप्पेले ह्याट्रिक गरेका थिए । कीर्तिमानी आठ पटक बालोन डि ओर जितेपछि मेस्सीले भने, ‘यस क्षणको आनन्द लिन यहाँ आउन पाउँदा खुसी लागेको छ । मैले आफ्नो करियर र मैले हासिल गरेका सबै कुराहरुमा इतिहासको उत्कृष्ट बन्नुपर्ने भाग्यको कल्पना समेत गर्न सक्दिनँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७