रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता वार्ताका लागि म्यान्मारको टोली बंगलादेशमा


१५ कार्तिक २०८०, बुधबार
rohingya
फाइल फोटो

काठमाडौँ । लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्मारका अधिकारीहरू बंगलादेश पुगेका छन् । बंगलादेशमा झण्डै १० लाख रोहिङ्ग्या शरणार्थीहरू छन् । उनीहरुमध्ये धेरैजसो सन् २०१७ मा म्यान्मारको सेनाको हिंसात्मक कारबाहीपछि भागेका हुन् ।

राज्यविहीन र उत्पीडित अल्पसंख्यक रोहिङ्ग्या शरणार्थी भिडभाड, खतरनाक र कम स्रोतसाधन भएका उद्धार शिविरमा बसेका छन् । उनीहरूको स्वदेश फिर्तीका लागि पछिल्ला थुप्रै प्रयास भए पनि सफल भइरहेको छैन ।

म्यान्मारले अप्रिलमा बंगलादेश र चीनबीच त्रिपक्षीय बैठकमा स्वदेश फिर्ता योजनाअन्गर्तत डिसेम्बरसम्ममा तीन हजार शरणार्थीलाई फिर्ता लैजाने योजना बनाएको एएफपीले जनाएको छ । म्यानमारले उनीहरुलाई फिर्ता लैजान चाहे पनि यस अघिको त्रासदीपूर्ण घटनाका कारण शरणार्थीहरु अहिलेकै अवस्थामा म्यानमार जान तयार नभएका बंगलादेशका अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७