पुटिन र लुकासेन्कोबीच टेलिफोन वार्ता


१६ कार्तिक २०८०, बिहीबार
putin

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारूसका आफ्ना समकक्षी अलेक्जेन्डर लुकासेन्कोबीच बुधबार भएको टेलिफोन वार्तामा सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ)को आसन्न बैठक र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

क्रेमलिनले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘नेताहरूबीच नोभेम्बर २३ मा मिन्स्कमा हुने सीएसटीओको सामूहिक सुरक्षा परिषद्को अर्को बैठकको तयारीबारे छलफल भएको छ । उहाँहरूले द्विपक्षीय सहयोगको विकास र ऊर्जा, यातायात र उच्च प्रविधिको क्षेत्रसहित केन्द्रीय राज्यको एकीकरणलाई अगाडि बढाउने बारेमा पनि छलफल गर्नु भएको छ ।’

क्रेमलिनका अनुसार उनीहरूले रूस–बेलारूसको रणनीतिक साझेदारी र सहयोगी सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य जारी राख्न आपसी तत्परता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७