देश ‘टाइटानिक’ डुबे जस्तै डुब्दैछ : सीके राउत


१६ कार्तिक २०८०, बिहीबार
Ck raut scaled

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देश ‘टाइटानिक’ जहाज जस्तै डुबिरहेको टिप्पणी गरेका छन् ।
आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा उनले शीर्ष तहका नेताहरूले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे । उनले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको पनि टिप्पणी गरे ।

उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए । उनले अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौमसत्तासम्पन्न भन्न नसकिने उल्लेख गरे । उनले चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनू ठूला दलको लाचारीपन भएको टिप्पणी गरे ।

अध्यक्ष राउतले संसद यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए । उनले अहिलेको व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहेको बताए । राउतले भने, ‘यो व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधारहरू छन् । त्यो हामीले स्वीकार्न सक्नुपर्छ । नेपालीमा एउटा उदाहारण छ, जो ‘हुन्छ उसैको ठूलो स्वर । ३४ वर्षदेखि देशलाई कहाँबाट कहाँ पु¥याएको छ त्यो थाहा छैन ।’

ठूला राजनीतिक दलहरूले चियापान समारोह गर्दै नयाँ शक्तिहरूलाई लक्षित गरेर ध्वस्त पार्ने प्रतिक्रिया दिएको बताउँदै भने, ‘अनि हामी नयाँ उदीयमान शक्तिहरूलाई लक्षित गर्छौं । चियापान समारोहमा बोलाउँछौँ र त्यहाँ भन्छौं– नयाँहरूलाई हामी ध्वस्त पार्छौं भनेर चुनौती दिन्छौं । यो कस्तो खालको आक्रोश हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७