युएईले टस जिल्यो, नेपाललाई बलिङको निम्तो, दीपेन्द्र प्लेइङ ११ मा


१७ कार्तिक २०८०, शुक्रबार
cr 1

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहे पनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणका तीनवटै खेल गुमाएका थिए ।

आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । नेपाल र यूएई दुवैलाई विश्वकपमा छनोट हुन आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल समूह ‘ए’को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा अघि बढ्दै सेमिफाइनलमा आमनेसामने भएका हुन् । नेपाल र यूएईबीच आठवटा टी–२० खेल भएकोमा नेपाल चार खेलमा विजयी भएको छ भने चार खेलमा पराजित भएको छ । अर्को सेमिफाइनल खेलमा आजै ओमान र बहराइन कीर्तिपुर मैदानमा खेल्दैछन् । फाइनल खेल आइतबार कीर्तिपुर मैदानमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७