युएईलाई झट्का : नेपाललाई छैटौं सफलता, सन्दीपले लिए व्यक्तिगत दोस्रो विकेट


१७ कार्तिक २०८०, शुक्रबार
ua

काठमाडौं । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपाललाई छैटौँ सफलता मिलेको छ । यूएईविरुद्ध सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएका हुन् । १ रन बनाएर खेलेका बसिर हमिदलाई गुलशन झाले क्याच गरेका हुन् ।

यस्तै यसअघि पाँचौँ सफलता कप्तान रोहितले लिए । ४ रन बनाएर खेलेका अलि नसिरलाई कुशल भुर्तेलले क्याच गरे । यस्तै, कुशल मल्लले चौथो विकेट लिएका थिए । १६ रन बनाएका अलिसान सरफुलाई सोमपाल कामीले क्याच गरे । यसअघि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिएश्र १४ बलमा १३ रन बनाएर खेलेका आशिफ खान आउट भए । पहिलो सफलता सोमपाल कामीको बलमा ब्याट्सम्यान खलिद साह तीन रन बनाएर रनआउट भए ।

दोस्रो सफलता कामीको बललाई करण केसीले क्याच गरेका हुन् । युएईका कप्तनान ब्याट्सम्यान मोहम्मद वासिमको आउट भए । नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७