फरार एसएसपी खत्रीसहित सात जनाविरुद्ध रेडकर्नर नोटिस


११ जेष्ठ २०७५, शुक्रबार
sun don gore with ssp khatrai

काठमाडौं, ११ जेठ । साढे ३३ किलो सुन सुन तस्करीमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गरिने भएको छ ।sun don gore with ssp khatrai

हराएको भनिएको साढे ३३ किलो सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चँुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी भईरहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । ‘उनीहरु भागेर नेपाल बाहिर गएको सूचना हामीलाई प्राप्त भएको छ । कतिपय अभियुक्त भारतमा लुकेर बसेको सुराकी आएको छ’, घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिका स्रोतले भन्यो, ‘हामीले भारतको प्रहरी युनिटसँग समेत समन्वय गरिरहेका छौं ।’

एसएसपी खत्रीले तस्करीमा प्रहरीको व्यवस्थापनको जिम्मा लिएको स्रोत बताउँछ । मुख्य अभियुक्त गोरेले पनि बयानका क्रममा उनलाई पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएका थिए । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटक–पटक गरेर एक करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् । एसएसपी खत्री दुबईबाट आएको ३४ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

सुन तस्करका भरिया उर्लाबारीका सनम शाक्यको हत्या भएपछि तस्करीको साढे ३३ किलो सुन गायब भएको रहस्य सार्वजनिक भएको थियो । त्यस विषयमा छानबिन गर्न सरकारले उच्च स्तरीय अनुसन्धान समिति गठन गरेको थियो । समितिको अनुसन्धानका क्रममा समितिको उनीहरुको समूहले चार वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको खुलेको छ । त्यस आधारमा दुई जना बहालवाला एसएसपीसहित ९ प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा दायर भएको थियो । सुन तस्करीका मुख्य अभियुक्त चुँडामणि उप्रेती ‘गोरे’ गत मंगलबार पक्राउ परेका छन् । उनको जिल्ला अदालत, मोरङमा बयान जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७