चुनाव भाँड्ने धर्नामा कर्मचारी


८ कार्तिक २०७४, बुधबार
Nepal Bank

काठमाडौं : केन्द्रीय बैंकका कांग्रेस र एमालेनिकट कर्मचारी युनियन चुनाव रोक्ने खेलमा लागेका छन् । लोकसेवा आयोगको सामान्य सिद्धान्तबमोजिम बैंक कर्मचारी सेवा विनियमावलीमा ५८ वर्षे उमेरको एकलद्वार अवकाश नीति कार्यान्वयन गर्न लागिएको पूर्वसन्ध्यामा केही कर्मचारी दुई घण्टे धर्नामा बस्दै आएका हुन् ।

उता, दुबै युनियनका ठूला नेता एक पछि अर्को गरी विदेश यात्रामा निस्केका छन् तर पदाधिकारीले युनियनका अन्य सदस्यलाई भने आन्तरिक काजमा जानसमेत रोक लगाएका छन् । एमाले युनियनका महासचिव गोविन्द भण्डारी दक्षिण कोरिया पुगेका छन् । दुबै युनियनका केही पदाधिकारी गत दसैंको बिदालगत्तै कार्यालय खुलेको पछिल्लो दुई दिन बिनाभत्ता काजमा मावली र ससुरालीमा जमरा लगाउन पुगेका थिए । बैंकले नियमित रूपमा मुलुकभरका बैंकमा गर्दै आएको तोडा चलान (नोट ओसार्ने) काममा समेत आन्दोलनकारीले रोक लगाउन खोजेका छन् । बेलैमा बैंकहरूमा पर्याप्त नोट नपुगेमा चुनावको मुखमा खर्च गर्ने पैसाको अभाव हुनेछ ।

Nepal Bank

युनियनमा अधिकृत तृतीय तहसम्मका कर्मचारीले मात्र सहभागिता जनाउन पाइने कानुनी व्यवस्थाको उल्लंघन गर्दै अधिकृत द्वितीय तहका गिरिजाप्रसाद कोइराला, हिमप्रसाद न्यौपाने र वीरेन्द्रदत्त अवस्थीसमेत गभर्नरको कार्यकक्षअगाडि गोडा पसारेर बस्ने गरेका छन् ।

चुनावको मुखमा कर्मचारीको सरुवा र बढुवा गर्नुलाई चुनावी आचारसंहिताविपरीत मान्ने गरिएको छ । तर, केन्द्रीय बैंकका कर्मचारीले आन्दोलन गर्नुलाई सम्बन्धित निकायले आचारसंहिताविपरीत ठहर गर्नुपर्ने एकजना कार्यकारी निर्देशकले बताएका छन् । यसैबीच, एकद्वार अवकाश नीतिविरुद्ध रहेका केही कर्मचारी आइतबार लोकसेवा आयोग अध्यक्ष उमेश मैनालीको निवासमा पुगेर सोमबार मन्त्रिपरिषद्को बैठकलगत्तै आयोगमा सरुवा भएका सविच ङइन्द्र उपाध्यायलाई बधाई दिने बहानामा प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद् सचिवालय गएको बताइन्छ

-जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७