यस्तो छ विश्वकप फुटवल–२०१८ को ‘अफिसियल’ गीत


११ जेष्ठ २०७५, शुक्रबार
Song abE7vIsiHZ

काठमाडौं, ११ जेठ । विश्वकप फुटबल २०१८ को ’अफिसियल’ गीत सार्वजनिक गरिएको छ । ‘लिभ इट अप’ शीर्षकको गीत अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार सार्वजनिक गरेको हो । Song abE7vIsiHZ

गीतमा अमेरिकी गायक तथा रचनाकार निकी जामले स्वर दिएका छन् । गीतमा विल स्मिथ र इरा इस्टनेरफीको पनि साथ छ । गीतको अडियो सार्वजनिक गरिए पनि भिडियो भने सार्वजनिक गरिएको छैन । गीत डिल्लोले निर्माण गरेको हो । अघिल्लो विश्वकपमा ‘वि आर वान’ बोलको गीत बनाएको थियो ।

सो गीतमा पिटबुल र साकिराले स्वर दिएका थिए । त्यसअघि सन् २०१० को विश्वकपको गीत भने चर्चित बनेको थियो । साकिराले गाएको ‘वाका वाका अफ्रिका’ को भिडियो र गीत अहिले पनि चर्चित छ । जेठ ३१ गते रसियाको मस्कोमा हुने उद्घाटन समारोहमा ‘लिभ इट अप’ गीतमा कलाकारले आफ्नो प्रस्तुती दिने छन् ।

यस्तो छ गीत :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७