भूकम्पपीडितहरुलाई सर्वोच्चका न्यायाधीशहरूको एक हप्ताको तलब सहयोग


०७:०२ बजे

काठमाडौं । न्यायाधीशहरूले जाजरकोट भूकम्पपीडितहरूलाई आफ्नो तलबबाट सहयोग गर्ने भएका छन् ।
सर्वोच्च अदालतमा आज (बुधबार) बसेको पूर्ण बैठकबाट जाजरकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पीडित भएकाहरूलाई न्यायाधीशहरू, कर्मचारीहरूले केही दिनको तलब राहत कोषमा जम्मा गर्न लागेका हुन् ।

सर्वोच्चका प्रधानन्यायाधीशसहित न्यायाधीशहरूले ७ दिनको तलब, उच्च अदालतका न्यायाधीशहरूले ५ दिनको र जिल्ला अदालतका न्यायाधीशहरूले तीन दिनको तलब सहयोग गर्न लागिएको सर्वोच्चका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै, राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका अधिकृतकहरूको तीन दिन, अन्य अधिकृतस्तरका कर्मचारीको दुई दिन र सहायकस्तरका कर्मचारीहरूको एक दिन बराबरको तलब स्वेच्छिक रूपमा उपलब्ध गराउन लागिएको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको सहप्रवक्ता घिमिरेले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७