सन्दीपविरुद्धको रिट न्यायाधीश घिमिरेको इजलासमा


०७:१५ बजे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज (बिहीबार) हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ । अन्तिम फैसलाका लागि यसअघि तोकिएको पेसी विभिन्न वाहानामा पटकटपक स्थगित हुँदै आएको छ ।

सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित हुँदै आएको छ ।

क्रिकेटर लामिछानेमाथि २०७९ कात्तिकमा बालिकामाथि जवरजस्ति करणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल खेल्न अस्वीकार गरेका थिए । पछि क्यानका पदाधिकारीको आग्रहमा उनी नेपाली टोलीमा फर्किएका हुन् । काठमाडौं जिल्ला अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७