रेशम चौधरीविरुद्धको रिट पेसीमै नराखी स्थगित


२३ कार्तिक २०८०, बिहीबार
Resham chaudhari

काठमाडौं । रेशम चौधरीविरूद्धको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार आज रेशम चौधरीविरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिएका थिए । क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै राष्ट्रपतिको कार्यालय शीतल निवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाइ रिट दायर भएको थियो । यसअघि गएको १६ गते सर्वोच्च अदालतले सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहलाई बदर गरिदिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७