मर्यादा भुलेर सुब्बाको कोटामा सचिव श्रीधर सापकोटा विदेश भ्रमणमा


८ कार्तिक २०७४, बुधबार

काठमाडौं : ऐनद्वारा निर्धारित दायित्व पूरा नगर्ने मन्त्रालयका सचिव विदेश जान पाउँदा सुब्बा वा बढीमा शाखा अधिकृतको भूमिकामा पनि फाल हाल्दा रहेछन् । स्वदेशमा रहँदा सहायक स्तरका कर्मचारीलाई मान्छे नै नगन्ने मन्त्रालयका सचिव सुब्बाकै हैसियतमा विदेसिएका हुन् ।

Secretary of the Ministry of Supplies Shreedhar Sapkota
जनआस्था साप्ताहिकबाट

यसरी आफूभन्दा कम्तीमा पनि दुई तह कनिष्ठ कर्मचारीको भूमिका हुने ठाउँमा मन्त्रिपरिषद्बाट समेत पछि स्वीकृत हुनेगरी खुसुक्क बिदेसिने रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटा हुन् । अझ उदेकलाग्दो कुरा त यो छ कि कानुनका सचिव श्रीधर अवकाश हुन ४ दिन मात्र बाँकी रहँदा सुब्बा गए हुने काममा मन्त्रिपरिषद्को पूर्व स्वीकृति लिएर मात्र बिदेसिनुपर्ने प्रावधानका विपरीत जापानमा कात्तिक ५ देखि ११ गतेसम्म हुने प्रि सिपमेण्ट इन्स्पेक्सन भिजिटमा सहभागी हुन गएका हुन् ।

नेपाली सेनाको सम्भाररथी विभागका कार्यरत एक अधिकृतका अनुसार प्रि सिपमेण्ट निरीक्षण भिजिट भनेको जहाजमा सामान राख्नुअघि गरिने चेकजाँचको काम हो । यस्ता कार्यमा प्रायः सुब्बा र बढीमा शाखा अधिकृतसम्म जानु मर्यादित र पदीय जिम्मेवारीअनुसार हुने पनि रक्षा मन्त्रालयका एक पूर्वसचिवले बताए ।

जापानको आवाजु प्लाण्ट, इसिकावा प्रिफेक्चर, कोमात्सु सिटीमा हुने सो इन्स्पेक्सन भिजिटमा जानुअघि श्रीधरले निमित्तको कामकाज गर्न सहसचिव शंकर प्रसाद पाठकलाई जिम्मेवारी सुम्पिएका छन् । उनको जापान भ्रमणलाई सोमबारको क्याबिनेट बैठकले समर्थन गरेको छ ।

-जनआस्था साप्ताहिकबाट

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७