जम्मुमा पाकिस्तानी रेन्जर्सको गोली लागेर एक बीएसएफ जवानको मृत्यु


२३ कार्तिक २०८०, बिहीबार
kasmir

काठमाडौं । भारत प्रशासित राज्य जम्मु कश्मीरको साम्बा जिल्लाको रामगढ सेक्टरमा सीमामा पाकिस्तानी रेंजर्सले गरेको अप्रत्याशित गोलीबारीमा एक बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) का जवानको मृत्यु भएको छ ।

बीएसएफले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । बीएसएफले विज्ञप्तिमा भनेको छ, ‘८–९ नोभेम्बरको मध्यरातमा रामगढ क्षेत्रमा पाकिस्तानी रेंजर्सले बिना कारण र उत्तेजनाका गोलीबारी गरे, जसको बीएसएफ जवानहरूले जवाफ दिए । यसमा एक बीएसएफ जवान घाइते भए र पछि मृत्यु भयो ।’

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बीएसएफ जवानलाई बिहान १ बजे उपचारका लागि रामगढ सामुदायिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । त्यसपछि उनलाई जम्मूको जीएमसी अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भयो । –बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७