सरकारले गौतम बुद्धसहित तीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने


२३ कार्तिक २०८०, बिहीबार
gautam budha

काठमाडौं । सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ । आज (बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय भएको जानकारी दिइन् ।

बैठकमा क्रिकेट खेलाडीहरुले राम्रो प्रदर्शन गरेकाले ती रंगशालालाई राष्ट्रिय गौरवको आयोजनको रुपमा अघि बढाइने छलफल भएको उनले बताइन् । ‘अहिले क्रिकेटमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्नुभएको छ । त्यसको विषयमा गम्भीरताका साथ छलफल भयो’, उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७