अछाममा दिपेन्द्रबहादुर शाहको हत्या आरोप काठमाडौंबाट एक महिला पक्राउ


२३ कार्तिक २०८०, बिहीबार
Laxmi Sunar Achham

काठमाडौं । अछाममा भएको युवक हत्याको घटनामा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको माछापोखरीबाट ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ जनाएको छ ।

अछामको पन्चदेवल विनायक नगरपालिका–८ मा कात्तिक १७ गते १८ वर्षीय दिपेन्द्र बहादुर शाहीको हत्या भएको हो । पक्राउ परेकी लक्ष्मी मृतक दीपेन्द्रकी छिमेकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७