एन्फा अध्यक्ष बर्खास्तीको प्रस्ताव अस्वीकृत


२३ कार्तिक २०८०, बिहीबार
anfa 2

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको बर्खास्तीको प्रस्ताव अस्विकृत भएको छ । आज (बिहीबार) भएको मतदानमा अविश्वासको प्रस्ताव अस्विकृत भएको हो ।

विशेष साधारण सभामा मतदान हुँदा बर्खास्तीको विपक्षीमा ५३ मत खसेको थियो । ८६ मध्ये ३४ जनाले भने मतदान प्रक्रियामा नै भाग लिएनन् । अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव पास हुन दुई तिहाई मत आवश्यक पर्दछ ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेण्डा लगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७