‘नेपाली’ बनेर जग्गा किन्ने भारतीयविरुद्ध पाँच करोड पाँच लाख बिगो मागसहित मुद्दा


२३ कार्तिक २०८०, बिहीबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नेपाली नागरिकता बनाएर जग्गा खरिद गर्ने भारतीय नागरिक अनुप मेहताविरुद्ध पाँच करोड पाँच लाख बढी बिगो मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीविरुद्ध पाँच करोड पाँच लाख ४२ हजार रुपैयाँ बिगो मागसहित बिहीवार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । नवलपरासीको साबिक सनई गाविसमा पर्ने हदबन्दी रोक्का रहेको जग्गा मेहताले नेपाली नागरिक अनुपकुमार खत्री भएर किनेका थिए ।

तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम ज्ञवाली, भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नासु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठलगायतले उनलाई नेपाली नागरिक खडा गरेका थिए ।

नक्कली नेपाली नागरिक खडा गरी सरकारका नाममा आउनुपर्ने ३२ रोपनी जग्गा बेचबिखनमा संलग्न १३ जनाविरुद्ध अख्तियारले यसअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बिहीवार नक्कली नेपाली भएर जग्गा खरिद गर्ने मेहताविरुद्ध बिगो माग गरी मुद्दा दायर गरिएको हो ।

mu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७