अपराधी पत्ता लगाउन रियो, दौडमा टाइगर र बल समात्नेमा रोज पहिलो (तस्वीरहरू)


२६ कार्तिक २०८०, आईतवार
riyo

काठामाडौं । नेपाल प्रहरीको रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्न सफल भएको छ । कुकुर तिहारका दिन आज (आइतबार) प्रहरीले आपराधी पत्ता लगाउने कलामा रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो । रियोले रौतहटमा भएको हत्याकाण्डमा संलग्नको पत्ता लगाउन सहयोग गरेको थियो ।

r

गत असार २९ गते राति सुतेकै अवस्थामा रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या भएको थियो । घटनापछि वीरगञ्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नामको ‘ट्रयाकर डग’ लाई घटनास्थलमा प्रयोग गरिएको थियो ।

dog 1

घटनास्थलमा प्राप्त प्रमाण रियोलाई सुँघाएर गरिएको अनुसन्धानमा रियोले हत्याराको पहिचान गर्न सफल भएको थियो । रियोले साहकै श्रीमती चन्दा साहलाई संकेत गरेको थियो । चन्दालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दै उनैले श्रीमानको हत्या गरेको खुलेको थियो । दौडमा टाइगर पहिलो भयो । बल समात्ने कलामा रोज कुकुर पहिलो भयो ।

dog police

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७