टिकटक बन्दको निर्णयबारे रवि : दलका कयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गर्ने ?


२७ कार्तिक २०८०, सोमबार
rabi lamichhane 3
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुने बताएका छन् ।

टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि आफ्नो धारणा राख्दै रविले सामाजिक सञ्जाल बन्द नगरी नियमन गर्नुपर्ने बताए । उनल उनले अराजकता अभिव्यक्तिमा हुन सक्ने भए पनि माध्यमको दोष नरहेको तर्क गरेका छन् ।

‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौँ युजर र कन्टेन्ट खराब छन् । तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिकरूपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ । टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ? यो निर्णय गर्ने सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ?’

उनले भन, ‘मूलधारले ढोका बन्द गरेका कयौँ प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौँ समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौँ अफबाहलाई मूलधारले फेक प्रमाणीकरण गरे । आजको युगमा सोसियल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो’, उनले भनेका छन् ।

लामिछानाले सत्तारूढ दलकै नेताहरूले आलोचना गरिरहेको विषयमा पनि प्रश्न उठाएका छन् । ‘सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?’, रविले प्रश्न गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७