करेण्ट लागेर तीन जनाको मृत्यु


२०८० कार्तिक २८ मंगलबार ०८:०९ बजे

काठमाडौं । छुट्टाछुट्टै घटनामा करेण्ट लागेर तीन जनाको ज्यान गएको छ । रामेछापको दौरम्बा शैलुङ गाउँपालिका–५ काभ्रेचौर बस्ने ३५ वर्षीय महेन्द्र कडेलको करेण्ट लागेर मृत्यु भएको छ । घर नजिकै रहेको देवी थान मन्दिरमा पूजा गर्नको लागि बिजुलीको बल्ब राख्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका उनको हेम्स अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लुम्बिनीस्थित मलेसियन मन्दिरको ट्रष्ट बनाउने क्रममा करेण्ट लागेर बाराको कलैया उपमहानगरपालिका–२० बस्ने २४ वर्षीय कर्मुल्ला ठकुराई मुसलमानको मृत्यु भएको छ । करेण्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पतालमा भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।

धादिङको नेत्रावती गाउँपालिका–४ चमैकोट बस्ने ४५ वर्षीया निर्मला तामाङको करेण्ट लागेर मृत्यु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा मेन लाइन तार चुडिएर करेण्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७