धनुषामा रेलले किचेर एक जनाको मृत्यु


२८ कार्तिक २०८०, मंगलवार
train 3 1
फाइल फोटो

जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ । धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो । मृतकको समाचार तयार पार्दासम्म सनाखत भएको छैन । प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको डीएसपी अवाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७