जनकपुरमा रेलले किचेर मृत्यु हुने व्यक्तिको खुल्यो पहिचान


२०८० कार्तिक २८ मंगलबार ०८:०४ बजे

जनकपुर । जनकपुर–जयनगर रेलमा किचिएर आज (मंगलबार) बिहान मृत्यु हुने व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।
मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।

उनका अनुसार मंगलबार बिहाज जयनगरतर्फ जाँदै गरेको रेलले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशन नजिक लिकमा किच्दा दासको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७