विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड खेल्दै


२०८० कार्तिक २९ बुधबार ११:४३ बजे

काठमाडौँ । भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) देखि सेमिफाइनलको खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज आयोजक भारत र न्युजिल्याण्ड खेल्दै छन् ।

खेल दिउँसो सवा २ बजे वाङखडेमा शुरु हुनेछ । जारी विश्वकपमा भारत अपराजित टोली हो । न्युजिल्याण्डले नौमध्ये पाँच खेल जितेर चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । चार वर्ष अगाडिको विश्वकपमा भारत सेमिफाइनलमै रोकिएको थियो । त्यो पनि न्युजिल्यान्डसँग हारेर । त्यस्तै सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्ने छन् । यो खेल पनि दिउँसो सवा २ बजे इडेन गार्डेनमा शुरु हुनेछ । नौमध्ये सात खेल जितेको दक्षिण अफ्रिका दोस्रो र नौ खेलमा सातवटा नै खेल जितेको अष्ट्रेलिया रनरेटका आधारमा तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ अर्थात् मंसिर ३ गते आइतवार खेल्ने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७