गाजाको अल शिफा अस्पतालमा इजरायली सेनाको छापा : आत्मसमर्पण गर्न हमासलाई चेतावनी


२०८० कार्तिक २९ बुधबार ११:४९ बजे

गाजा । इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा प्यालेस्टिनी हमास लडाकुहरू विरुद्ध बुधबार छापा मारेको छ । इजरायली सेनाले हमासहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले ‘आउँदो मिनेटमा’ शिफा अस्पताल परिसरमा छापा मार्ने इजरायलले बताएको उल्लेख गरेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. मुनिर अल–बुर्शले अल जजीरा टेलिभिजनसँग इजरायली सेनाले मेडिकल कम्प्लेक्सको पश्चिमी भागमा छापा मारेको बताए । ‘हामी रहेको क्षेत्रहरूमा ठूला विस्फोटहरू र धुलो पसेको छ । हामीलाई विश्वास छ कि अस्पताल भित्रै विस्फोट भएको हो,’ बुर्सले भने ।

एक विज्ञप्ति मार्फत् इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, ‘गुप्तचर सूचना र परिचालन आवश्यकताको आधारमा, आईडीएफले शिफा अस्पतालको निर्दिष्ट क्षेत्रमा हमास विरुद्ध गरिरहेका छन् ।’ गाजामा इजरायली हमलाको पाँच सातापछि मानवीय युद्धविरामको लागि विश्वव्यापी आह्वान भएको थियो । यही समयमा अल शिफामा इजारायलले निशाना साँधेको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७