चार देशीय महिला टी–२० मा नेपालको लगातार दोस्रो हार


२०८० कार्तिक ३० बिहीबार ०७:२३ बजे

काठमाडौं । महिला टी–२० सिरिजमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको छ । बिहीबार घरेलु टिम हङकङसँग भएको खेलमा पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ ।

नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ फाइनलमा पुग्यो । तान्जानिया पनि दुई जित सहित फाइनलमा पुगेको छ । अन्तिम खेलअघि नेपाल र जापान भने फाइनलमा पुग्न असफल भए ।

आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको थियो । जसका कारण नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमै मात्र १ विकेट गुमाएर पार गर्‍यो । हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी–२० सिरिजमा बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो ।

अब नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गते खेल्नेछ । शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७