दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको जीप दुर्घटना


३० कार्तिक २०८०, बिहीबार
accident 1

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामी सवार जीप दुर्घटना भएको छ । नौगाड गाउँपालिका–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश ३ ०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड गाउँपालिका–३ बगड जामिरमा दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको जनाइएको छ ।

जीप दुर्घटना हुँदा चालक जयभानसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जीप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७