ससुरालीबाट घर फर्किदै गरेका श्रेष्ठ बीच बाटोमै बिते


३० कार्तिक २०८०, बिहीबार
as2023 11 15 07 11 47

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सडक दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमै निधन भएको छ । कात्तिक २९ गते दिउँसो चौतारा साँगाचोकगढी नगरपालिका ५, कामिटोल स्थित बा २ ख ८२१३ नं को निशान ट्रक दुर्घटना हुँदा काभ्रे पनौती निवासी अन्दाजी ३५ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै निधन भएको हो ।

ससुरालीमा आफैले ट्रक चलाएर गएका श्रेष्ठ फर्किदा ट्रक ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी ५०० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक संजीवकुमार यादवले जानकारी दिए । प्रहरी निरीक्षक यादवको अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७