विश्वविजेता अर्जेन्टिनाको पहिलो हार : उरुग्वेसँग २–० ले स्तब्ध


१ मंसिर २०८०, शुक्रबार
Argentina 1hUQ4p26qT

काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ । शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा रोनाल्ड अराउजो र डरविन नुनेजले एक एक गोल गरेका थिए । यो गत वर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो । विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो ।

५ खेलमा १२ अंक हासिल गरेको अर्जेन्टिना हारपछि पनि अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । जितपछि उरुग्वे ५ खेलमा १० अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७