अस्पतालको ल्यापटप चोरेपछि सशस्त्रका असई समातिए


१ मंसिर २०८०, शुक्रबार
asai lFRRlTg5hV

कैलाली । कैलालीमा अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरी बलका एक जना सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा धनगढी–३ का रमेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका भण्डारी सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले जानकारी दिए । भण्डारीमाथि उजुरी दर्तापछि अनुसन्धान भइरहेको उनले बताए ।

सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुलामा कार्यरत उनले पोखरा तालिमको निम्ति पठाइएको समयमा ल्यापटप चोरेका थिए । चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र लेखेर आवश्यक सहयोग गर्न आग्रह गरेको थियो । त्यसपछि सशस्त्रले नै उनलाई पक्रेर प्रहरीलाई बुझाएको होे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७