दुबै खुट्टा भाँचेर हत्या गरेको अवस्थामा एक व्यक्तिको शव फेला


२ मंसिर २०८०, शनिबार
latest News nayapage1 scaled

रौटहट । रौतहटको चन्द्रपुरमा एक पुरुषको हत्या भएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै एक पुरुषको हत्या भएको हो ।

गएको बिहीबार पूर्वपश्चिम राजमार्ग नजिकै लमाहा भन्ने ठाउँमा दुबै खुट्टा भाँचिएको, टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेका अन्दाजी ५५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले सडक छेउमा घाइते अवस्थामा ती पुरुषलाई देखेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए ।

त्यसपछि पुगेको प्रहरीले कालो र सेतो मिसिएको हाफ पाइन्ट, हरियो रंगको ज्याकेट लगाएको, पहेलो गम्छा फिरेको, टाउकोमा चोट लागेको, दुबै खुट्टा भाचिएको अवस्थाका ती पुरुषलाई उपचारको लागि चन्द्रपुरस्थित सरकारी अस्पताल लगेको थियो ।

उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई कसैले आक्रमण गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उक्त शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७