कोमल वलीलाई मातृशोक : ‘मलमल किरी जुनकिरी’ की संकलक दीपाको निधन


२ मंसिर २०८०, शनिबार
1 Dipa oli1700290021

काठमाडौं । गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

उनको शनिबार दिउँसो ११ः४२ बजे निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । केहि समयदेखि हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित वलीको केही सातायता अल्का अस्पतालमा उपचार भइरहेको थियो । १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले संकलन गरेको ‘मलमल किरी जुनकिरी’ बोलको गीतले नै कोमल वलीलाई गायनमा स्थापित गराएको थियोे । दीपा वलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जन बढी गीत रेकर्ड भएका छन् ।

दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७