इशा अम्बानीको पार्टीमा गएका शाहरुखको भिडियो किन भइरहेछ भाइरल ? (हेर्नुस्)


३ मंसिर २०८०, आईतवार
saharukh khan

मुम्बइ । इशा अम्बानी र आनन्द पिरामलका जुम्ल्याहा सन्तान कृष्णा र आदिया नोभेम्बर १८ मा वर्ष दिनका भए । यस दिनलाई अझ विशेष बनाउन इशा अम्बानीले आफ्ना बच्चाहरूका लागि जिओ वर्ल्ड गार्डेनमा भव्य बर्थडे पार्टी आयोजना गरिन् ।

यस अवसरमा इशा आफ्ना पिता मुकेश अम्बानीसँग पुगेकी थिइन् । यो पार्टीमा शाहरुख खानसहित धेरै जना बलिउड स्टार पनि सहभागी भए । यसैबीच सो पार्टीमा सहभागिताका क्रममा शाहरुख खानको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

जसमा उनी लामो कपाल र कालो पोसाकमा उनी ह्यान्डसम देखिएका छन् । उनी आफ्नी प्रबन्धक पूजा डडलानीसँग कुराकानी गरिरहेको देख्न सकिन्छ । शाहरुखको फ्यान क्लबले उक्त भिडियो शेयर गरेको छ । फ्यानहरूले भिडियोमा कमेन्ट गर्दै शाहरुख खानको लुक्सको तारिफ गरिरहेका छन् ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७