मिस युनिभर्सको उपाधि सेनिसलाई, नेपाल अन्तिम २० मा सीमित


३ मंसिर २०८०, आईतवार
miss universe 2023

काठमाडौं । यस वर्षको ‘मिस युनिभर्स–२०२३’ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् । एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीलाई पछि पार्दै २३ वर्षीया पलासियोसले ७२ औं मिस युनिभर्सको उपाधि चुमेकी हुन् ।

दक्षिण अमेरिकी मुलुक निकारागुआका लागि मिस युनिभर्स टाइटल पहिलो पटक हो । त्यस्तै थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भइन् । नेपालको यात्रा भने अन्तिम २० मा पुगेर टुङ्गिएको छ । मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’ को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुले पनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् ।

दीपिका अन्तिम २० मा छनोट भए पनि अन्तिम १० मा पुग्न सकिनन् । सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् । तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएका थिएनन् । ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाका हेडmाइन बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७