केबुलकारलाई यातायातको साधनका रूपमा प्रयोग आवश्यक : कुलमान घिसिङ


३ मंसिर २०८०, आईतवार
Kulman

लुम्बिनी । नेपालमा केबुलकारलाई पर्यटनको साधन मात्रै नभई यातायातको साधनका रूपमा प्रयोग गर्न आवश्यक रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

लुम्बिनी केबुलकारको भ्रमणपछि आज (आइतबार) सञ्चारकर्मीहरूसँग उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई यातायातको हिसाबले पनि नेपालमा बढाउनु पर्ने बताएका हुन् । पहाडी भूगोलमा यातायातका साधनका रूपमा केबुलकार उपयोगी हुने घिसिङको भनाइ थियो । नेपालमा सडक बनाएर डाँडाँमा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रबर्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको उनको भनाइ थियो ।

‘धेरै केबुलकारहरूले नेपालको आर्थिक गतिविधि र पर्यटनदेखि विद्युत् खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ । यस्तै केबुलकारहरुले हाम्रो विद्युतको खपत बढ्ने हो,’ उनले भने, ‘केबुलकारले विभिन्न ठाउँमा आर्थिक गतिविधि बढ्छ, पर्यटक बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ । केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई यातायातको हिसाबले पनि नेपालमा केबुलकारको महत्वपूर्ण भुमिका हुनेछ । नेपालमा बाटो बनाएर डाँडामा पुग्नुभन्दा पनि ठूलाठूला ट्रान्सपोटेसन केबुलकारबाट गर्दा राम्रो हुन्छ । यसले विद्युत् खपतका साथै अर्थतन्त्रमा राम्रो गर्छ । लुम्बिनी केबलकार महत्वपूर्ण छ ।’

त्यस्तै, लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले दसैं तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको जानकारी दिए । उनले आफूहरूले अपेक्षा गरेअनुसारकै पर्यटक आएकोमा खुसी व्यक्त गरेका थिए । ‘यात्रुहरूको भीड छ । दसैं तिहारको अफर र छुट्टिको समयमा अपेक्षागरेअनुसार नै यात्रुहरू आउनु भएको छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७