इलाम भ्रमणमा गएका विद्यार्थी चढेको बस सडकबाट ३०० मिटर तल खस्यो


३ मंसिर २०८०, आईतवार
bus

इलाम । इलाममा विद्यार्थीहरु चढेको बस दुर्घटना भएको छ । रोङ गाउँपालिकाको लसुने र अर्याल चोकको बीच भागमा ना ६ ख ८४२४ नम्बरको बस दुर्घटनामा परेको हो ।

धनुषाबाट भ्रमणका लागि इलाम गएका विद्यार्थीसहितको टोली बोकेको बस आइतबार ४ः४० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाले जानकारी दिए ।

बसमा सवार ३७ जनामा सबै घाइते भएको जनाइएको छ । बस सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । घाइतेमध्ये २६ जनाको झापास्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको कोी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७