हमासले नेपाली अपहरण गरेको भिडियो सार्वजनिक (भिडियो)


२०८० मङ्सिर ४ सोमबार ०७:०७ बजे

काठमाडौँ । इजरायली सेनाले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्वजनिक गरेको छ ।
इजरायल डिफेन्स फोर्स (आईडिएफ) ले गए राति ट्वीटरमार्फत भिडियो सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०ः४२ बजे र ११ः०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूले घेरेको छ,’ भिडियो सार्वजनिक गर्दै आइडीएफले भनेको छ, ‘एक जना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अर्को हिँडिरहेको छ ।’

‘यी निष्कर्षहरूले प्रमाणित गर्दछ कि हमास आतंकवादी संगठनले अक्टोबर ७ मा नरसंहारको दिन शिफा अस्पताल परिसरलाई आतंकवादी पूर्वाधारको रूपमा प्रयोग गरेको थियो’ आइडीएफले भनेको छ ।
हेर्नुस् भिडियो

https://twitter.com/IDF/status/1726319791865016493?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1726319791865016493%7Ctwgr%5Ea1c7a5772119422b3a57e9245c056b4eecf3f1b6%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fekagaj.com%2Farticle%2Fsociety%2F157482%2F

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७