अर्थमन्त्री महतको दावी : यो वर्ष अहिलेसम्मकै बढी विदेशी पर्यटक आउँछन्

‘अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ’


४ मंसिर २०८०, सोमबार
prakash

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा अहिलेसम्मकै बढी विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरेका छन् ।

आज (सोमबार) कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले नेपालमा लगानी बढ्दै गइरहेको समेत दावी गरे । उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरेका हुन् । अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने उनको भनाइ छ ।

उनले थपे, ‘लगानी बिस्तारै बढ्दैछ । अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ । आर्थिक गतिविधिहरू बिस्तारै बढ्दैछ । अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन् । निश्चित ठाउँभन्दा बाहिर गएर लगानी गर्नेहरूलाई ऋण तिर्न गाह्रो भएको छ । अहिले त्यसलाई सहज गर्न लागिरहेका छौँ । सरकारी खर्च व्यवस्थित गरिरहेका छौँ ।’ अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग सुझाव सल्लाह लिएर अघि बढ्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७